तेह्रथुम पावरकाे आईपीओ भदौ ९ देखि खुल्ने

<p>काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने लागेकाे हो । कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले कुल निष्काशनमा आउने ८ [&hellip;]</p>

काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने लागेकाे हो ।

कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारी, ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरु र ७ लाख ४४ हजार कित्ता सर्वसाधारणकाे लागि छुट्याएकाे छ ।

सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

 

Share News