आईएमई जनरल इन्स्योरेन्सको बीमाशुल्क साढे एक अर्ब बढी, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१२ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३६ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अविधमा इन्स्याेरेन्सकाे खुद बीमाशुल्क भने  ५८ करोड [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१२ प्रतिशतले बढी हो ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३६ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अविधमा इन्स्याेरेन्सकाे खुद बीमाशुल्क भने  ५८ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४.०६ प्रतिशतले बढी हो ।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि ११.६० प्रतिशतले बढेको छ । अघिल्लो आवमा २१ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आवमा २३ करोड ४३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत २३ करोड ६३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ६ करोड रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ९९ लाख रुपैयाँ र बीमा कोषमा ४७ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २०.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.६४ गुणा बढी छ ।
कम्पनीले यस अवधिमा १ लाख २८ हजार ०५५ वटा बीमालेख जारी गरी एक अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ४ हजार ९५५ वटा कुल दावी बापत ७३ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ७ हजार ७६१ वटा दाबी बापत १ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Share News