एनएमबि हाइब्रिड र एनएमबि फिफ्टी योजनाको लाभांश घोषणा, कुनको कति ?

<p>काठमाडौं । एनएमबि क्यापिटलले सञ्चालनमा ल्याएको दुई फण्डको प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक रहेको क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टी नामक योजनाको लाभांश घोषणा गरेको हो । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल १ योजनाको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट योजनाका ईकाईधनीलाई कर समेत २० प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ [&hellip;]</p>

काठमाडौं । एनएमबि क्यापिटलले सञ्चालनमा ल्याएको दुई फण्डको प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक रहेको क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टी नामक योजनाको लाभांश घोषणा गरेको हो ।

क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल १ योजनाको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट योजनाका ईकाईधनीलाई कर समेत २० प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ । त्यस्तै, क्यापिटलले एनएमबि फिफ्टीको नाफाबाट इकाईधनीलाई ३० प्रतिशत (कर सहित) प्रतिफल दिने प्रस्ताव गरेको छ ।

साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई क्यापिटलको सभाले पारित गरेपश्चात मात्रै सम्बन्धित योजनाका इकाईधनीले सो मात्राको प्रतिफल पाउने छन् ।

सो प्रयोजनको लागि क्यापिटलले भदौ १८ गते शुक्रबार एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share News