एशियन लाईफकाे अध्यक्ष दिपक कुमार श्रेष्ठद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

<p>काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश [&hellip;]</p>

काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा श्रेष्ठ निर्वाचित भएपछि कम्पनीको संचालक समितिको १६४ औं बैठकले उनलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो ।

Share News