श्वेत–गंगा हाइड्रोपावरले ४७ लाख कित्ता आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

<p>काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले ४७ लाख ७९ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठ र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेबीच सेयर निष्कासन गर्ने सम्बन्धनमा दुई पक्षिय सम्झौता भएको [&hellip;]</p>

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले ४७ लाख ७९ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

मंगलबार श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठ र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेबीच सेयर निष्कासन गर्ने सम्बन्धनमा दुई पक्षिय सम्झौता भएको हो ।

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मेगावट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनामा लगानी गर्न कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड  ३० लाखको ३० प्रतिशतले हुन आउने रकम ४७ कराेड ७९ लाखको सेयर निष्कासन गर्नेछ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।

Share News