आईएमई लाइफ इन्स्योरेन्स पाचौं वर्षमा, रियल टाइममै दाबी भुक्तानीको जानकारी हेर्न सक्ने

<p>काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आजबाट पाचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालनमा ल्याएको चार वर्ष पुरा गरी २०७८ भदौ १ गतेबाट पाचौं वर्षमा लागेको हो । उक्त अवसरमा कम्पनीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान कार्यक्रमसहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख [&hellip;]</p>

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आजबाट पाचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालनमा ल्याएको चार वर्ष पुरा गरी २०७८ भदौ १ गतेबाट पाचौं वर्षमा लागेको हो ।

उक्त अवसरमा कम्पनीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान कार्यक्रमसहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले अबको युग प्रविधिमैत्री सेवाको युग रहकोले बीमा कम्पनीहरुले पनि प्रविधिमैत्री सेवा अवलम्बन गर्नुको विकल्प नरहेको जानकारी दिए ।

कम्पनीले ग्राहक तथा कम्पनीका अभिकर्तालाई प्रदान गर्ने सेवालाई मध्यनजर गर्दै डिजिटल प्रविधिमैत्री सेवा विकासका क्रममा जीवन बीमा कम्पनीमध्ये सर्वप्रथम २०७७ मंसिर २२ गतेदेखि च्याट बट प्रविधिको विकास गरि सञ्चालनमा ल्याएको छ ।

हाल उक्त प्रविधि मार्फत बीमितहरुले आफ्नो व्यक्तिगत बीमालेख र अभिकर्ताहरुले आफ्नो आय आर्जन सम्बन्धी जानकारी प्राप्त गरि आएकोमा भदौ १ गतेदेखि लागु हुने गरी आफू अन्तर्गतका अभिकर्ताहरुको व्यवसायको विवरण समेत हेर्न सक्नेछन् । र, बीमितले निवेदन दिएको ऋण एवम् दाबी भुक्तानीको अवस्थाको बारेमा जानकारी रियल टाइममा हेर्न सक्ने र बीमाशुल्क भुक्तानी वापत कर प्रमाणपत्र समेत च्याट बटमार्फत प्राप्त गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

व्यवसाय सुचारु भएको चौंथो वर्षसम्म कम्पनीको हासिल गरेको विभिन्न सूचांकहरु निम्नानुसार रहेको छ ।

कम्पनीले गो डिजिटलको अवधारणा अवलम्वन गरी भविष्यमा कागजात रहित प्रविधिमार्फत सेवा उपलब्ध गराउने उद्देश्य लिएको जानकारी दिए । हाल कम्पनीले कनेक्ट आईपीएस लगायत विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायकको सहकार्यमा अनलाईन माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था समेत मिलाएको जानकारी दिए ।

Share News