काठमाडौं । सिबिआईएल क्यापिटलले सञ्चालनमा ल्याएको दुई फण्डको प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक रहेको क्यापिटलले ‘सिटिजन्स म्युचुअल फण्ड १’ र ‘सिटिजन्स म्युचुअल फण्ड २’ नामक योजनाको लाभांश घोषणा गरेको हो ।
क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ योजनाको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट योजनाका ईकाईधनीलाई कर समेत ४० प्रतिशत अर्थात ३२ करोड ८० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड २को नाफाबाट पनि इकाईधनीलाई ४० प्रतिशत (कर सहित) अर्थात २२ करोड ४९ लाख रुपैयाँ बराबरको प्रतिफल दिने प्रस्ताव गरेको छ ।
भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई क्यापिटलको सभाले पारित गरेपश्चात मात्रै सम्बन्धित योजनाका इकाईधनीले सो मात्राको प्रतिफल पाउने छन् ।