कारोबार खुलेको दुई मिनेट नबित्दै अरुण काबेलीको सेयर मूल्यमा सर्किट, किन्नेको ओइरो

<p>काठमाडौं । बुधबार नियमित कारोबार खुलेको दुई मिनेट नबित्दै अरुण काबेलीको सेयर मूल्यमा सर्किट लागेको छ । ११ बजेर २ मिनेट नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार कम्पनीको सेयर कारोबार प्रतिकित्ता ७४३.८० रुपैयाँमा खुलेको थियो । त्यसको केही अवधिमै सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८०२.२० रुपैयाँ पुगेको [&hellip;]</p>

काठमाडौं । बुधबार नियमित कारोबार खुलेको दुई मिनेट नबित्दै अरुण काबेलीको सेयर मूल्यमा सर्किट लागेको छ । ११ बजेर २ मिनेट नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बुधबार कम्पनीको सेयर कारोबार प्रतिकित्ता ७४३.८० रुपैयाँमा खुलेको थियो । त्यसको केही अवधिमै सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८०२.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७२.९० रुपैयाँले बढी हो । मंगलबारको बजारमा कम्पनीको अन्तिम सेयर कारोबार प्रतिकित्ता ७२९.३० रुपैयाँमा भएको थियो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर बेच्नेको भन्दा किन्नेको ओइरो लागेको छ । हालसम्म ११ लाख ८० हजार ७९१ कित्ता सेयर किन्नेको चाप देखिएको छ ।

कम्पनीले सेयरधनीलाई लाभांश र लाभांशपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

बुधबार बिहान एक सूचना प्रकाशित गर्दै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, उक्त बोनस सेयरको लागि कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, १७ प्रतिशत बोनस सेयर पछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ । उक्त प्रस्तावलाई कम्पनीको साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा भदौ २६ गते बिहान ११ बजे जुम मार्फत बस्दै छ । सभामा जाने प्रयोजनको लागि आगामी भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८५ करोड रुपैयाँ कायम हुने छ । त्यसपछि कायम हुने उक्त चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्ने छ ।

 

Share News