हाथवे इन्भेष्टमेन्टले ५५ प्रतिशत लाभांश दिने, आईपीओ पनि जारी गर्ने

<p>काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सेयरधनीलाई ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र ३० प्रतिशत नगद गरी ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीले साधारण सेयर आईपीओ जारी गर्ने विशेष प्रस्ताव गरेको छ । कम्पनीले जारी पुँजी १ [&hellip;]</p>

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सेयरधनीलाई ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र ३० प्रतिशत नगद गरी ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, कम्पनीले साधारण सेयर आईपीओ जारी गर्ने विशेष प्रस्ताव गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्नको लागि कम्पनीले भदौ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १३औं वार्षिक साधारणसभा सो दिन दिउँसो २ बजे काठमाडौंको लैनचौरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल जुम मार्फत हुने छ ।

Share News