नेप्से परिसूचक ६ अंकले वृद्धि, एक अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार

<p>काठमाडौं, २६ असार । आइतबार नेप्से परिसूचक ६ दशमलब ८१ अंकले बढेर १७२२ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २२ लाख १७ हजार कित्ता सेयर करिब एक अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार एभरेष्ट बैंकको सबैभन्दा बढी करिब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ [&hellip;]</p>

काठमाडौं, २६ असार । आइतबार नेप्से परिसूचक ६ दशमलब ८१ अंकले बढेर १७२२ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २२ लाख १७ हजार कित्ता सेयर करिब एक अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार एभरेष्ट बैंकको सबैभन्दा बढी करिब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल इनभेष्टमेन्ट बैंक लि. प्रमोटर सेयर, नेपाल बङगलादेश बैंक र रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको करिब ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

सो दिन इन्स्योरेन्स र हाइड्रोपावर समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी विकास बैंकको परिसूचक करिब १३ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ्, फाइनान्स, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ११, ७ र ५ अंकले बढेका छन् । इन्स्योरेन्स र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ४८ र १७ अंकले बढेका छन् । उता अन्य समूहको परिसूचक भने स्थिर रहेको छ ।

बजारमा ५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । कसमस डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, मनास्लु विकास बैंक र यती डेभलपमेन्ट बैंकको सेयर मूल्य हाराहारी १० प्रतिशतले बढेका छन् । कञ्चन डेभलपमेन्ट बैंक लि. प्रमोटर सेयरका लागानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । नमस्ते वित्तीय संस्थाका लागानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् ।

Share News