सेयर बजारको कारोबार अवधि दुई घण्टा बढाउने तयारी, क्लियरिङ बैंक थप्नुपर्ने धितोपत्र बोर्डको सर्त

<p>काठमाडौं, २६ असार । सेयर बजारको कारोबार अवधी दुई घण्टा बढाउने तयारी सुरु भएको छ । केहि दिन पहिले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कारोबार अवधी बढाउनु पर्ने वा नपर्नेबारे सुझाव मागेको थियो । सुझाव दिने अधिकांशले समय बढाउनु पर्ने र दुई घण्टा समय बढाउँदा उपयुक्त हुने सुझाव दिएका हुन् । ‘आएका अधिकांश सुझावहरुले समय बढाउनु पर्ने [&hellip;]</p>

काठमाडौं, २६ असार । सेयर बजारको कारोबार अवधी दुई घण्टा बढाउने तयारी सुरु भएको छ । केहि दिन पहिले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कारोबार अवधी बढाउनु पर्ने वा नपर्नेबारे सुझाव मागेको थियो । सुझाव दिने अधिकांशले समय बढाउनु पर्ने र दुई घण्टा समय बढाउँदा उपयुक्त हुने सुझाव दिएका हुन् ।
nepse1
‘आएका अधिकांश सुझावहरुले समय बढाउनु पर्ने माग गरेका छन, दुई घण्टा बढाउँदा उपयुक्त हुने सुझाव धेरै छन्’, नेप्सेका प्रवक्ता शम्भु पन्तले विकासन्युजसँग भने । १० वर्षअघि कायम गरिएको १२ देखि ३ बजेको कारोबार अधवी कम भएको बताउँदै प्रवक्ता पन्तले समय बढाउन ढिलो भैसकेको बताए

उता, नेपाल धितो पत्र बोर्डले नयाँ क्यिरिङ बैंक नथपि समय बढाउन नहुने सर्त अघि सारेको छ । बोर्डका प्रवक्ता निरज गिरिले कारोबार अवधी बढाउनु पर्ने आवश्यकता रहेको तर त्यो भन्दा पहिले क्लियरिङ बैंकको संख्या थप्नु पर्ने बताए ।

‘कारोबार अवधी बढाउँनै पर्नेछ तर त्यो भन्दा पहिले नै क्यिरिङ बैंकको संख्या थप्नुपर्छ’, प्रवक्ता गिरिले भने । दैनिक हुने गरेको दुई अर्ब हाराहारीको कारोबार एउटै मात्र क्यिरिङ बैंकले गर्न नसक्ने बताउँदै उनले सिडिएस एण्ड क्लियरिङ हाउसलाई तत्कालै क्लियरिङ बैंकको संख्या थप्न पुनः निर्देशन दिईसकिएको पनि जानकारी दिए । यस अघि बोर्डले बैशाख १ गते भित्रै क्लियरिङ बैंकको संख्या थप्न निर्देशन दिएको थियो । तर सिडिएसले अझैसम्म पनि बोर्डको निर्देशनको पालना गर्दै क्लियरिङ बैंकको संख्या थपेको छैन् ।

सेयर बजार बिश्लेषक रविन्द्र भट्टराईले पनि कारोबार अवधी बढाउन ढिलो भैसकेको बताए । थोरै समयको कारोबारले बजार कमजोर रहेको सन्देश जाने भएकाले कारोबार अवधी बढाएर बजार बलियो भएको सन्देश दिनुपर्ने उनको भनाई छ । उनले समय बढाउँदै प्रबिधीमा समेत व्यापक सुधार गर्नुपर्नेमा पनि जोड दिए । कारोबार अवधी बढाउँदा बजारमा लगानी कर्ताको पहुँच सरल हुने बताउँदै उनले प्रबिधीमा सुधार नगरिए थपिएको समयले कुनै उपलब्धि नदिने दावी पनि गरे ।

नेप्सेले बजारको आकार ठुलो भएको, दैनिक ठुलो कारोबार भैरहेको र बजारलाई अन्तराष्ट्रिय स्तरको बनाउन तथा लगानी कर्ताको सहज पहुँच अभिवृद्धिका लागि भन्दै कारोबार अवधी बढाउने प्रयास गरिरहेको छ ।

Share News