पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा चन्द्र ढकाल निर्वाचित

<p>काठमाडौं, २६ असार । कर्म थलोवाट जन्म थलोलाई विकास गर्ने उद्देश्यका साथ लुम्विनी, गण्डकी र धौलागिरी अंचलका गरी १६ जिल्लाको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चको शनिबार सम्पन्न साधारण सभाले व्यवसायी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको लुम्बिनी उपाध्यक्षमा बम बहादुर कार्की, गण्डकी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ, धौलागिरी उपाध्यक्षमा ज्ञानेन्द्रविक्रम महत निर्वाचित भएका [&hellip;]</p>

काठमाडौं, २६ असार । कर्म थलोवाट जन्म थलोलाई विकास गर्ने उद्देश्यका साथ लुम्विनी, गण्डकी र धौलागिरी अंचलका गरी १६ जिल्लाको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चको शनिबार सम्पन्न साधारण सभाले व्यवसायी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
chandra_dhakal
नवनिर्वाचित कार्यसमितिको लुम्बिनी उपाध्यक्षमा बम बहादुर कार्की, गण्डकी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ, धौलागिरी उपाध्यक्षमा ज्ञानेन्द्रविक्रम महत निर्वाचित भएका छन् । त्यस्तै महासचिबमा मदनकुमार महत, सचिबमा यादव भट्टराई, कोषध्यक्षमा योगराज कँडेल शर्मा, सह–कोषाध्यक्षमा नारायणप्रसाद तिम्सिना निर्वाचित भएका छन् भने सदस्यहरुमा संजय अधिकारी, सुशील खड्का, नवराज पन्त, डा. बमबहादुर थापा जिताली, श्रीराम पौडेल, डा. बिमला शाक्य, अर्जुन कुमार अर्याल, चिन्तामणी न्यौपाने, विष्णु बहादुर सिंह, रुद्रनाथ बस्याल, दिग्बिजय मिश्र र विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।

पर्वत, मुस्ताङ, मनाङ र नवलपरासीवाट कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन र नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. रामकृष्ण तिम्सेनाले बताए । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको अतिथ्यतामा सम्पन्न भएको शपथ ग्रहण तथा समापन कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष रामकाजी कोेनेले निर्वाचित समितिको सफलताको कामना व्यक्त गरे ।

Share News