घुम्ती मोबाइल भ्यान खरिदको बजेटबाट महानिर्देशकले किने कार

<p>काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती प्रयोगशाला (मोबाइल ल्याब भ्यान) खरिदको बजेटबाट कार खरिद गरेको पाइएको छ । महालेखा कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार विभागका तत्कालीन महानिर्देशक सञ्जीव कर्णले निजी सवारी साधन खरिद गरेको पाइएको हो । विभागका लागि १ र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जनपुरको लागि [&hellip;]</p>

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती प्रयोगशाला (मोबाइल ल्याब भ्यान) खरिदको बजेटबाट कार खरिद गरेको पाइएको छ । महालेखा कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार विभागका तत्कालीन महानिर्देशक सञ्जीव कर्णले निजी सवारी साधन खरिद गरेको पाइएको हो ।

विभागका लागि १ र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जनपुरको लागि १ गरी २ खाद्य निरीक्षण भ्यान खरिद गर्न १ करोड बढी बजेटको व्यवस्थापना गरिएको थियोे । सो रकम मध्येबाट ६१ लाख ४६ हजार बराबरको एक कार र २६ लाख ८५ हजार बराबरको पिक अप भ्यान गरि ८८ लाख ३१ हजार बराबरको गाडी खरिद गरिएको थियो ।

विभागले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २ वटा र आफैं २ वटा गरी ४ वटा भ्यान खरिद गरेको थियो । ४ वटा घुम्ती ल्याब खरिदमा घुम्ती ल्याब खरिदमा अनियमितता भएको देखिएपछि विभागका तत्कालीन महानिर्देशक कर्णसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

‘खाद्य उद्योग निरीक्षण गर्न, भ्यान खरिद गर्ने कार्यक्रम स्वीकृत भएकोमा कार खरिद गरेकोले स्वीकृत कार्यक्रम एवं लक्षित उद्देश्यभन्दा फरक प्रकृतिको सवारीसाधन खरिद गर्ने पदाधिकारीलाई जिम्मेवारी बनाउनुपर्दछ, महालेखाको ५८औं प्रतिवेदनमा भनिएको छ ।

Share News