खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५ सयसम्म क्यासब्याक

<p>काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५ सयसम्मको क्यासब्याक पाउने भएका छन् । कम्पनीले भदौ ७ गतेदेखि सिमित अवधिका लागि सोे अफर सञ्चालनमा ल्याईएको जनाएको छ । सो अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको [&hellip;]</p>

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५ सयसम्मको क्यासब्याक पाउने भएका छन् । कम्पनीले भदौ ७ गतेदेखि सिमित अवधिका लागि सोे अफर सञ्चालनमा ल्याईएको जनाएको छ ।

सो अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।

खल्तीका प्रवन्धक पवल खरेलले नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले उक्त अफर कार्यान्वयनमा ल्याएको जनाए ।

उनका अनुसार खल्तीका १९ लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् । ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिनेछ ।

Share News