जीवन विकास लघुवित्तको सेयरमा आज पनि सर्किट, प्रतिकित्ता कति पुग्यो ?

<p>काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबार खुलेको केही समय नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । यससँगै कम्पनीको सेयर प्रतिकित्ता ४२९६.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनमा प्रतिकित्ता ३९० रुपैयाँले बढी हो । अघिल्लो कारोबार अर्थात गत बिहीबारको [&hellip;]</p>

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबार खुलेको केही समय नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

यससँगै कम्पनीको सेयर प्रतिकित्ता ४२९६.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनमा प्रतिकित्ता ३९० रुपैयाँले बढी हो । अघिल्लो कारोबार अर्थात गत बिहीबारको बजारमा पनि कम्पनीको सेयरमा सर्किट लागेर प्रतिकित्ता ३९०६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

दोश्रो बजारमा कोरोबार शुरु भएदेखि नै कम्पनीको सेयर मूल्यमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ । हालसम्म कम्पनीको सेयर मूल्य ३७० प्रतिशत बढीले बढेको छ । पहिलो दिन प्रतिकित्ता ९१४ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको भाउ बढेर प्रतिकित्ता ४२९६ रुपैयाँसम्म पुगिसकेको छ ।

Share News