दर्जन बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार खुल्दै, तत्काल किन्नेलाई राम्रो फाइदा

<p>काठमाडौं, २७ असार । ११ महिना सेयर कारोबार बन्द भएको माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार यसै साता खुल्दैछ । गत भदौमा दुई बैंकबीच मर्ज हुने सम्झौता भएपछि सेयर कारोबार बन्द भएको थियो । दुई बैंकबीच मर्ज तोडिएको तीन महिनापछि नेपाल राष्ट्र बैंकले डिमर्ज प्रस्ताव स्वीकृत गरिसकेको छ । माछापुच्छ्रे बैंकको सेयर कारोबार बन्द [&hellip;]</p>

MBL_towerकाठमाडौं, २७ असार । ११ महिना सेयर कारोबार बन्द भएको माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार यसै साता खुल्दैछ । गत भदौमा दुई बैंकबीच मर्ज हुने सम्झौता भएपछि सेयर कारोबार बन्द भएको थियो । दुई बैंकबीच मर्ज तोडिएको तीन महिनापछि नेपाल राष्ट्र बैंकले डिमर्ज प्रस्ताव स्वीकृत गरिसकेको छ ।

माछापुच्छ्रे बैंकको सेयर कारोबार बन्द हुँदा प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको थियो । यस बैंकको सेयर कारोबार ५९० रुपैयाँको हाराहारीमा खुल्दै छ भने कारोबार खुलेको केही दिन मै यस बैंकको सेयर मूल्य प्रतिकित्ता करिव ८०० रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

बैंकले २ बराबर १ कित्ता हकप्रद सेयर दिने निर्णय साधारणसभाबाट अनुमोदन गराईसकेको छ भने आगामी दुई आर्थिक वर्षमा ११÷११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने पुँजी वृद्धि योजना सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षमा करिव ८५ करोड रुपैयाँ खुद मुनाफा गर्ने सम्बद्धले बतायो ।

janata-bankत्यस्तै, कारोबार बन्द हुँदा प्रतिकित्ता ३७५ रुपैयाँमा किनबेच भएको जनता बैंकको सेयर कारोबार खुलेको केही दिनभित्रै प्रतिकित्ता ५०० देखि ६०० रुपैयाँ पुग्ने सम्भावना छ । गत वर्ष कमाएको १५ करोड रुपैयाँ नाफा सेयरधनीलाई वितरण गर्न नपाएको यस बैंकले चालु आर्थिक वर्षमा करिव ३० करोड खुद मुनाफा गर्दैछ । आगामी साधारणसभाबाट बैंकले १८ देखि २० प्रतिशत बोनस सेयर दिने सम्भावना छ भने ५० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गत साधारणसभाबाट गरिसकेको छ ।

kailash_bikash_bankमर्जर सफल भएपछि धेरै बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार साउनमा खुला हुँदैछ । सम्भवत कैलाश विकास बैंकको सेयर यसैसाता कारोबार हुँदैछ । कैलाश विकास बैंकका प्रमुख सञ्चालन अधिकृत विमल तिमल्सिनाका अनुसार सेयर कारोबार खुला गर्न सबै प्रक्रिया पुरा भईसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृत पत्र आउन बाँकी छ । यसै सातादेखि सेयर कारोबार खुला हुन सक्ने उनले बताए ।

मर्जपछि कैलाश विकास बैंक पुँजी, कारोबार, नाफा, नेटवर्क सबै हिसावले विकास बैंकहरु मध्ये सबैभन्दा राम्रो भएको यस बैंकको प्रमुख कार्यकारी अधिृकत कृष्णप्रसाद लामिछानेले बताए । यस बैंकको सेयर प्रतिकित्ता ३३० मा करोबार भई बन्द भएको थियो । मर्जपछि कारोबार खुलेको केही दिनभित्रै यस बैंकको सेयर मूल्य ५० प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

sdbl_logoमर्जरका कारण कारोबार रोकिएको सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर कारोबार पनि छिट्टै खुल्दैछ । यस बैंकमा एकता विकास बैंक र नेपाल आवास फाइनान्स मर्ज एकिकृत कारोबार शुरु भई सकेको छ ।

प्रतिकित्ता २८३ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर पनि कारोबार खुला भएपछि उच्च दरले बढ्ने निश्चित छ । चालु आर्थिक वर्षमा बैंकको नाफा राम्रो भएको र आगामी दुई आर्थिक वर्षमा करिव ४५ प्रतिशत पुँजीवृद्धि बोनस सेयरबाट गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिृकतृ अजय मिश्रले बताए ।

मर्जसफल भई एकिकृत कारोबार शुरु हुनै लागेको बैंक अफ काठमाडौंको सेयर कारोबार पनि छिट्टै खुल्ने छ । यस बैंकमा लुम्बिनी बैंक मर्ज भएको हो ।bok_logoप्रतिकित्ता ५८५ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ८०० भन्दा माथि जान सक्छ । दुई बैंक मर्ज हुँदा पनि चुक्ता पुँजी ५ अर्ब भन्दा कम रहेको छ । मर्ज हुनुपूर्व दुबै बैंकका वित्तीय अवस्था राम्रो भएकोले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा राम्रो मुनाफा गर्ने र सेयरधनीलाई उच्च दरको बोनस सेयर दिने सम्भावना छ । अपुग पुँजीको लागि बैंकले हकप्रद सेयर जारी गर्ने पुँजी योजना पेश गरेको छ ।

यी सबै बैंकको सेयर कारोबार खुलेको पहिलो, दोस्रो र तेस्रो दिन किन्नले लाभ लिन सक्छन् । पहिलो तिन दिन सेयर पाउन मुस्किल पर्ने सेयर ब्रोकरहरु बताउँछन् ।

Share News