काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको आगामी भदौ १३ गते बुक क्लोज हुने भएको छ । योजना व्यवस्थापक सनराइज क्यापिटलले प्रतिफल वितरण गर्ने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
योजनाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाईधनीलाई कर सहित ५० प्रतिशतका दरले प्रतिफल वितरण गर्न लागेको हो ।
सनराइज फर्स्ट म्युचुअल फण्ड योजना सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो ।