काठमाडौं । पुँजीबजारको नियामक नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएकाे बताएका हुन् ।
उनले पत्रकार सम्मलेनमा दिउसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । उनी दिनभर कार्यालय बाहिर रहेको र अचानक साँझ पत्रकार सम्मलेन गर्दै राजीनमा गरेका हुन् ।
आजै अर्थमन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टकरण सोधेको थियो । उनी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाको परिवारले सर्वोत्तमको गोल्डेन सेयर पाएको आरोप लागेको छ ।
सम्बन्धित सामग्री: नियामक प्रमुखहरुको अचानक दाैडधूप, आजै राजीनामा आउन सक्ने