काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयसरधितो कर्जामा कडाई गरेको छ । राष्ट्र बैकले मंगलबार चालु आवको मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको परिपत्रले मार्जिन प्रकृतिको सेयर धितोको कर्जाको सिमा एक बर्ष भित्र १२ करोडमा झार्नलाई निर्देशन दिएको हो ।
निर्देशनअनुसार कुनै बैंक व्यक्तिले लिएको यस प्रकारको कर्जा मौद्रिक नीति जारि भएको मितिबाट लागू हुनेगरि कर्जाको अवधि वा एक बर्ष भित्र जुन पहिले आउँछ सो अवधिभित्र तोकिएको सिमा भित्र ल्याउनु पर्नेछ ।
परिपत्रमा ग्राहकले बढीमा १२ करोड रुपैयाँ र एउटा संस्थाबाट ४ करोडसम्म मात्र मार्जिन सेयर धितो कर्जा पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनमा मार्जिन सेयर धितो कर्जाको एकल ग्राहकलाई मात्र यस्तो व्यवस्था लागु हुने जनाएको छ ।