
काठमाडौं । पुँजी बजार लगानीकर्ताको संगठन नेपाल इन्भेष्टर्स फोरममा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार एकैदिन सम्पन्न फोरमको ४ वर्षको वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
सभाले तुलसीराम ढकालको नेतृत्वमा ७ जनाको कार्यसमिति चयन गरेको हो । ढकाल यसअघि फोरमको उपाध्यक्ष पदमा रहेका थिए ।
त्यस्तै, सभाले उपाध्यक्षमा दुई जनालाई चयन गरेको छ । जसमध्ये प्रथम उपाध्यक्षमा राजन लम्साल र दोश्रो उपाध्यक्षमा अञ्जिव तुलाधार रहेका छन् ।
यसैगरी, फोरमकाे महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुबेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाल रहेका छन् भने कार्यसमिति सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ, सिर्जना सुबेदी रहेका छन् ।
संस्थाले भदौ १२ गते एकैदिन १३औं, १४औं, १५औं र १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।