काठमाडौं । मंगलबारको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३००० बिन्दुबाट तल झरेको छ । दिउँसो १ बजेर ४७ मिनेट जाँदा परिसूचक ७०.१२ अंकले घटेर २९७४.७८ बिन्दुमा आइपुगेको छ ।
बिहान कारोबार शुरु भएदेखि ओरालोको बाटो तय गरेको बजार निरन्तर रुपमा बढी रहेको छ । र, कारोबार बन्द हुन सवा एक घण्टा बाँकी हुँदा परिसूचक २.३० प्रतिशतले घटी सकेको छ ।
यो अवधिमा कूल ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२१ कम्पनीको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको उच्च कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ६८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।
त्यस्तै, कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् ।