६९ अंकले घट्यो नेप्से, कारोबार रकम १३ अर्बमा सीमित

<p>काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९.०५ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२७ प्रतिशतले घटी हो । कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक अन्तत २९७५.८४ बिन्दुमा अडिएको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा १३ अर्ब २५ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९.०५ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२७ प्रतिशतले घटी हो ।

कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक अन्तत २९७५.८४ बिन्दुमा अडिएको छ ।

बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा १३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत आइतबारको तुलनामा २ अर्ब ४० करोड रुपैयाँले घटी हो । आइतबारको बजारमा १५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेभ भएको थियो ।

बजारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १ अर्ब माथिको सेयर किनबेच भएको छ ।
मंगलबारको बजारमा कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह ४४७ अंकले घटेको छ ।

Share News