पञ्चकन्याले मनायो आफ्नो ४९ औं वार्षिकोत्सव

<p>काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो स्थापनाको ४९ औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठज्य ९१ औं जन्मोत्सव एकैसाथ मनाएको छ । वार्षिकोत्सवका अवसरमा गुप्रले वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिण्डर तथा हेभी इक्विपमेन्टका डिलरहरुलाई पुरस्कार तथा उपहारबाट सम्मानित समेत गरेको जनाएको छ । [&hellip;]</p>

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो स्थापनाको ४९ औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठज्य ९१ औं जन्मोत्सव एकैसाथ मनाएको छ ।

वार्षिकोत्सवका अवसरमा गुप्रले वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिण्डर तथा हेभी इक्विपमेन्टका डिलरहरुलाई पुरस्कार तथा उपहारबाट सम्मानित समेत गरेको जनाएको छ ।

सो अन्तरगत वर्षभरी पञ्चकन्या डन्डी बिक्री गरी प्रथम हुने न्यू बज्रयोगिनी ट्रेडर्स, कलंकी, काठमाडौं, दोस्रो हुनेमा पञ्चकन्या आइरन स्टोर, जनकपुर र तेस्रो हुनेमा बेबी इन्टरप्राइजेज, जनकपुर रहेका छन् ।

यस्तै, प्लास्टिक डिभिजन अन्र्तगत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान टे«डिङ्ग, बुटवल, तेस्रो प्रसन्न ट्रेडलिङ्क एण्ड सप्लायर्स बुटवल, एसएस ट्याङ्क विभाग अन्र्तगत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान टे«डिङ्ग, बुटवल, तेस्रो पञ्चकन्या सप्लायर्स, बुटवल र रुफिङ्ग डिपाट्मेन्ट अन्र्तगत प्रथम स्थान हुने किसान टे«डिङ्ग, बुटवलले सम्मान पाएका हुन ।

कम्पनीले राम्रो काम गर्ने कर्मचारीलाई समेत सम्मान गरेको थियो ।

Share News