काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डको प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक रहेको सानिमा क्यापिटलले उक्त दुई फण्डको आर्थिक वर्ष २०७७/७८ को प्रतिफल घोषणा गरेको हो ।
जसमध्ये सानिमा म्युचुअल फण्डको नाफाबाट योजनाको आकारको ३३ प्रतिशत (कर सहित) प्रतिफल वितरण गर्न प्रस्ताव गरिएको छ । हाल उक्त फण्डको आकार एक अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, सानिमा लार्ज फण्डको नाफाबाट कर सहित ४ प्रतिशत प्रतिफल प्रस्ताव गरिएको छ । हाल फण्डको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । फण्डले इकाईधनीलाई उक्त आकारको ४ प्रतिशतका दरले ४ करोड ८० लाख रुपैयाँ बराबरको मात्र प्रतिफल वितरण गर्ने छ ।
उक्त प्रस्ताव सभाले पारित गरेपछि मात्रै सम्बन्धित इकाईधनीले सो मात्राको प्रतिफल पाउने छन् ।