सानिमा लाइफको आईपीओ भोलिदेखि किनबेच गर्न पाइने, कतिमा हुन्छ पहिलो कारोबार ?

<p>काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड भएको कम्पनीको सेयर भदौ १६ गते नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर भदौ १७ गते बिहीबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एसएलआई दिइएको छ । दोश्रो [&hellip;]</p>

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड भएको कम्पनीको सेयर भदौ १६ गते नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर भदौ १७ गते बिहीबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एसएलआई दिइएको छ ।

दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०३.१७ रुपैयाँ र अधिकतम ३०९.५१ रुपैयाँ तोकेको छ ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको पुतलीसडकस्थित रहेको सानिमा क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Share News