नेप्सेमा एकैदिन थपियो ५६ लाख कित्ता सेयर, सबैभन्दा बढी बोनस

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जन (नेप्से) मा एकैदिन ५६ लाख २६ हजार ७२४ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचीकृत भएको हो । जसमध्ये दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद सेयर रहेको छ । नागरिक लगानी कोषको ९ प्रतिशत अर्थात २७ लाख कित्ता [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जन (नेप्से) मा एकैदिन ५६ लाख २६ हजार ७२४ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचीकृत भएको हो ।

जसमध्ये दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद सेयर रहेको छ ।

नागरिक लगानी कोषको ९ प्रतिशत अर्थात २७ लाख कित्ता बोनस सेयर सूचीकृत भएो छ ।

त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पनि १५ लाख ६ हजार ६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जुन चुक्ता पुँजीको १९.००५६ प्रतिशत हो ।

उता समृद्धि फाइनान्सको भने हकप्रद सेयर सूचीकृत भएको हो । लिलामी पछि संस्थाको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

Share News