संसद विघठनको बाटो खुल्ला छः डा. सुरेन्द्र केसी

<p>काठमाडौं, २८ असार । केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएसँगै मुलुकको राजनीतिक भविष्यबारे टिक्काटिप्पणी सुरु भएको छ । को प्रधानमन्त्री बन्ला भन्ने बहससँगै त्यो सरकारले कसरी काम गर्ला र मुलुकको राजनीति कतातिर अघि बढ्ला भन्ने तर्फ सबैको ध्यान केन्द्रित भएको छ । राजनीतिक बिश्लेषक डा. सुरेन्द्र केसीले भने अब मुलुकमा संवैधानिक संकट निम्तिने दावी [&hellip;]</p>

dr-surendra-kcकाठमाडौं, २८ असार । केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएसँगै मुलुकको राजनीतिक भविष्यबारे टिक्काटिप्पणी सुरु भएको छ । को प्रधानमन्त्री बन्ला भन्ने बहससँगै त्यो सरकारले कसरी काम गर्ला र मुलुकको राजनीति कतातिर अघि बढ्ला भन्ने तर्फ सबैको ध्यान केन्द्रित भएको छ ।

राजनीतिक बिश्लेषक डा. सुरेन्द्र केसीले भने अब मुलुकमा संवैधानिक संकट निम्तिने दावी गरे । उनले नयाँ सरकार गठन गर्ने नयाँ संबिधानले दिन्छ वा दिँदैन भन्ने बहस समेत चल्ने बताए । त्यसका अतिरिक्त संसद विघठनको सम्भावनालाई नकार्न नसकिने उनको भनाई छ । सत्ताका लागि जे पनि गर्ने परिपाटी नेपाली राजनीतिको सनातन चरित्र भएको बताउँदै उनले भने–ओलीले संसद विघठन गर्ने विकल्प पनि खुल्ला छ, मध्यावधी निर्वाचन घोषणा हुन सक्छ, त्यसपछि अदालत गुहारिनेछ अनि अदालतमा रहेका आफ्ना कार्यकर्ता मार्फत आफ्नो पक्षमा निर्णय गराउन पहल हुन सक्छ ।’

constitution

उनले माओवदीको उँधोगति सुरु भएको दावी समेत गरे । ‘काँग्रेस र माओवादीले आत्माघाती गोल गरेका छन्, यी दुबैलाई एमालेले खाईदिन्छ’, केसीले भने । बजेट ल्याउने सरकारलाई बजेट पास गर्न समेत नदिएर काँग्रेस, माओवादीले २०५१ साल निम्त्याउन खोजेको आरोप समेत लगाए

Share News