काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
भदौ १७ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी एक अर्ब १५ रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३८ करोड रुपैयाँ नाघ्ने छ ।