लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

<p>काठमाडाैं । लक्ष्मी बैंकले निष्काशिन गरेकाे २ अर्ब मूल्य बराबरको डिबेन्चर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । बैंककाे &#8216;८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८&#8217; नेप्सेमा सूचिकृत भएको हाे । आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले [&hellip;]</p>

काठमाडाैं । लक्ष्मी बैंकले निष्काशिन गरेकाे २ अर्ब मूल्य बराबरको डिबेन्चर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । बैंककाे ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेप्सेमा सूचिकृत भएको हाे ।

आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरे ।

सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।

Share News