१९ जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३८ अर्ब नाघ्याे, कुन कम्पनीको कति पुग्यो ?

<p>काठमाडौं । जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १६.४६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्मको तथ्यांक अनुसार १९ वटा जीवन कम्पनीहरुको कुल चुक्ता पुँजी १६.४६ प्रतिशतले बढेर ३८ अर्ब २१ करोड रुपैयाँ पुगेको हो । बीमा समितिका अनुसार गत वर्ष १९ वटा जीवन कम्पनीहरुको कुल चुक्ता पुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ थियो [&hellip;]</p>

काठमाडौं । जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १६.४६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्मको तथ्यांक अनुसार १९ वटा जीवन कम्पनीहरुको कुल चुक्ता पुँजी १६.४६ प्रतिशतले बढेर ३८ अर्ब २१ करोड रुपैयाँ पुगेको हो ।

बीमा समितिका अनुसार गत वर्ष १९ वटा जीवन कम्पनीहरुको कुल चुक्ता पुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ थियो । यो एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब ४ करोड रुपैयाँले बढेको हो ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी नेपाल लाइफको छ । नेपाल लाइफ कम्पनीको चुक्ता पुँजी ७ अर्ब २ करोड रुपैयाँ छ । यस्तै, नेशनल लाइफको ३ अर्ब ३९ करोड, प्राइम लाइफको २ अर्ब ४२ करोड, सुर्य लाइफको २ अर्ब २६ करोड रुपैयाँ छ ।

Share News