काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा अपि पावरसहित चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन अपि पावर, ङादी ग्रुप पावर, एनएबी ५० र एनएमबि हाइब्रिड फण्ड एल १ को मूल्य समायोजन भएको हो ।
जसमध्ये अपि पावरको १०.५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । प्रतिकित्ता ५२९ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ४७८.७३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, ङादी ग्रुपको २० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८०७.५० रुपैयाँ कायम रहेको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६९ रुपैयाँ रहेको थियो ।
त्यस्तै, एनएमबि५० को ३० प्रतिशत नगद लाभांशपछि मूल्य समायोजन भएको हो । प्रतिईकाई १५.५३ रुपैयाँ रहेको फण्डको मूल्य समायोजन पछि १२.५३ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ को पनि नगद लाभांश पछिको मूल्य समायोजन भएको छ । यससँगै उक्त फण्डको मूल्य प्रतिइकाई ११.८० रुपैयाँ रहेको छ ।