काठमाडौं । एनएमबि क्यापिटलले निष्काशन गरेको एनएमबि सरल बचत फण्ड ई मा करिब ३७ हजारले आवेदन दिएका छन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक क्यापिटलका अनुसार भदौ १८ गते बिहान १० बजेसम्म ३६ हजार ९१९ जनाले उक्त फण्डमा आवेदन दिईसकेका छन् ।
उनीहरुले १७ करोड ६६ लाख रुपैयाँ बराबरको एक करोड ७६ लाख ६८ हजार ४७० इकाई माग गरिसकेका छन् ।
क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्ड भदौ १७ गतेबाट निष्काशन तथा बिक्री खुला भएको हो ।
फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।