फर्स्ट माइक्रोफाइनान्सले १० प्रतिशत लाभांश दिने

<p>काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई संस्थाको वार्षिक [&hellip;]</p>

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

भदौ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई संस्थाको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

हाल संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ पुग्ने छ ।

Share News