काठमाडौं । कारोबार सुरु भएको साढे एक घण्टामै सेयर बजारमा १२४.८५ अंकको गिरावट आएको छ । अहिले नेप्से इन्डेक्स १२४.८५ अंकले घटेर २८०२. ८५ अंक कायम भएकाे छ ।
१२ बजेर ३४ मिनेट जाँदा १ करोड २० लाख सेयर खरिद बिक्रीबाट ५ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ ।
अहिलेसम्म ४.२७ प्रतिशतले घटेको सेयर बजार २८ सयभन्दा तल झर्ने तरखर गरिरहेको छ ।
