ainersकाठमाडौं । आइतबारको सेयर बजारमा पहिरो गएको छ । कारोबार खुलेको दुई घण्टा नबित्दै नेप्से परिसूचक १३६.११ अंकले ओरालो लागेको छ ।
दिउँसो १२ बजेर ४६ मिनेट जाँदा परिसूचक ४.६५ प्रतिशतले घटेर २७९०.८८ बिन्दुमा भरिसकेको छ ।
यो समाचार तयार पार्दासम्म २१५ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ५ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।
यो अविधिसम्म सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, यूनिलिभर नेपाल, सनराइज डिबेन्चर र एनआईबिएल समृद्धि फण्ड १ को मूल्य बढेको छ ।
जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ४.०२ प्रतिशतले बढेर प्रतिकित्ता ५२३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनमा २०.२० रुपैयाँले बढी हो ।
त्यसैगरी, यूनिलिभर नेपालको सेयर मूल्य १८४ रुपैयाँले बढेर प्रतिकित्ता १९ हजार ६५० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, १०.२५ प्रतिशत सनराइज बैंक डिबेन्चर २०८३ र एनआईबिएल समृद्धि फण्ड १ को मूल्य बढेर क्रमशः १०४५ र १२.२५ रुपैयाँ पुगेको छ ।
उता अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये ५३ कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।