
काठमाडौं । आइतबारकाे सेयर बजारमा नकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको २ घण्टका नबित्दै ५ प्रतिशतले घटेपछि बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो ।
१२ बजेर ५९ मिनेटको अवधिमा परिसूचक ५.०३ प्रतिशत अर्थात १४७ अंकले ओरालो लागेर सर्किट लागेकाे हाे । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ ।
यो अवधिसम्म बजारमा २१५ कम्पनीको सेयर कारोबार भइसकेको छ । उनीहरुको १ करोड ४८ लाख ३१ हजार ७३८ कित्ता सेयर ७ अर्ब १९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये स बैभन्दा बढी जीवन बीमा समूह ७२५ अंकले ओरालो लागेको छ ।
त्यस्तै, कारोबारमा आएका कम्पनीमध्ये ५ कम्पनी बाहेक बाँकी ओरालो लागेका छन् ।