केही लगानीकर्ता विरोधमा राष्ट्र बैंक, नेप्सेमा भने हरियाली छायो

<p>काठमाडौं । सेयर बजारका लगानीकर्ता विरोधमा राष्ट्र बैंक पुग्दा सेयर बजारमा भने हरियाली छाएको छ । आइकबार ५ प्रतिशतसम्म घटेर नेगेटिभ सर्किट लागेको सेयर बजारमा सेयर बजारमा यो समाचार तयार पार्दासम्म ७० अंकको वृद्धि भएको हो । १२ बजेर ५२ मिनेट जाँदा सेयर बजार ७०.२३ अंकले बढेको हो । यो समचार तयार पार्दासम्म सेयर बजार [&hellip;]</p>

काठमाडौं । सेयर बजारका लगानीकर्ता विरोधमा राष्ट्र बैंक पुग्दा सेयर बजारमा भने हरियाली छाएको छ । आइकबार ५ प्रतिशतसम्म घटेर नेगेटिभ सर्किट लागेको सेयर बजारमा सेयर बजारमा यो समाचार तयार पार्दासम्म ७० अंकको वृद्धि भएको हो ।

१२ बजेर ५२ मिनेट जाँदा सेयर बजार ७०.२३ अंकले बढेको हो । यो समचार तयार पार्दासम्म सेयर बजार २.४९ प्रतिशतले बढेर २८८९.०८ प्रतिशत कायम भएको हो ।

अहिलेसम्म सेयर बजारमा ६४ लाख ४१ हजार सेयर खरिद बिक्रीबाट कुल ३ अर्ब ४१ करोड ६८ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारका लगानीकर्ता मार्जिन लेण्डिङमा गरिएको ४ र १२ करोड रुपैयाँको सीमा खारेज गर्नु पर्ने माग राख्दै लगानीकर्ता विरोधमा उत्रिएका छन् । सोमकार उनीहरु विरोध गर्न राष्ट्र बैंक पुगेका हुन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बाइक र्याली आयोजना गर्दै उनीहरु राष्ट्र बैंक पुगेका हुन् । उनीहरुले शंंकरदेव कलेजबाट शुरु भएकोरर््याली बालुवाटारसम्म पुगेको थियो ।

Share News