सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

<p>काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । साेमबार नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९% व्याजदर भएको &#8216;सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७&#8217; नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट १ हजार मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट [&hellip;]</p>

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ ।

साेमबार नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९% व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट १ हजार मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो ।

बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको थियो ।

Share News