प्राइम बैंककाे ऋणपत्र नेप्सेमा सूचिकृत

<p>काठमाडाैं । प्राइम कमर्सियल बैंक निष्काशन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । सोमबार नेप्से र प्राइम कमर्सियल बैंकबीच ८.७५ प्रतिशत व्याजदर भएको प्राइम डिबेन्चर २०८५ ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन् । प्रतियूनिट १ [&hellip;]</p>

काठमाडाैं । प्राइम कमर्सियल बैंक निष्काशन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ ।

सोमबार नेप्से र प्राइम कमर्सियल बैंकबीच ८.७५ प्रतिशत व्याजदर भएको प्राइम डिबेन्चर २०८५ ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन् ।

प्रतियूनिट १ हजारको दरल हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार बराबरको कुल २४ लाख ४७ हजार ९६३ युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै प्राइम कमर्सियलको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

 

 

Share News