युनिलिभर नेपालले घोषणा गर्यो ६५० प्रतिशत लाभांश

<p>काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भदौ २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई कम्पनीको आगामी साधारण सभाले पारित [&hellip;]</p>

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव भदौ २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

उक्त प्रस्तावित ६५० प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०० प्रतिशत मात्रै नगद लाभांश वितरण गरेको थियो ।

Share News