४४ अंकले घट्यो नेप्से, कारोबार पनि डेढ महिनायताकै कम

<p>काठमाडौं । मंगलबारको सेयर बजार ४४.१८ अंकले घटेको छ । सोमबार उच्च अंकले बढेको सेयर बजार मंगलबार भने दोहोरो अंकले घटेको छ । सो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १.४८ प्रतिशतले घटेर २९३६.६१ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ । बजारमा २२२ कम्पनीको ७ अर्ब ४९ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार ४४.१८ अंकले घटेको छ । सोमबार उच्च अंकले बढेको सेयर बजार मंगलबार भने दोहोरो अंकले घटेको छ ।

सो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १.४८ प्रतिशतले घटेर २९३६.६१ बिन्दुमा झरेको छ ।

बजारमा परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ । बजारमा २२२ कम्पनीको ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन डेढ महिना यताकै कम कारोबार हो । गत साउन ५ गतेको बजारमा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार सबैभन्दा बढी यूनाईटेड मोदि हाइड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ६१ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५२.२० रुपैयाँ पुगेको छ ।

मंगलबार म्युचुअल फण्ड र अन्य समूहको हरिया छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

Share News