काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव भदौ २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको सञ्चालक समितिको बैठकले पारित गरेपछि मात्रै सेयरधनीलाई सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी ४१ करोड १२ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५१ करोड ४० लाख रुपैयाँ पुग्ने छ ।
साथै, संस्थाले बोनस सेयरमा लाग्ने लाभांश करको व्यवस्था भने गरेको छैन । जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी २०७७ असोज २५ गतेदेखि एकीकृत कारोबार समेत शुरुवात गरेकोले घोषित लाभांशमा लाग्ने लाभांश करको व्यवस्था नगरिएको संस्थाले जनाएको छ ।
उक्त घोषित लाभांश अघिल्लो वर्षको भन्दा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई १३.०४ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।