दशैंमा केएनपि को रङ्गमा दङ्ग, ५ लाखसम्म पुरस्कार

<p>काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याट सहित हरेक ६० हजार रुपैयाँको खरिद गरी लक्की ड्र मा सहभागी हुन सक्नु हुनेछ । यस योजनामा लक्की ड्र मार्फत [&hellip;]</p>

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याट सहित हरेक ६० हजार रुपैयाँको खरिद गरी लक्की ड्र मा सहभागी हुन सक्नु हुनेछ ।

यस योजनामा लक्की ड्र मार्फत हरेक हप्ता १ जना भाग्यशाली विजेताले २० हजार जित्न सक्नेछन् । त्यसै गरी योजना अवधिभर १ जना भाग्यसाली विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत एक थान केएनपि थाली सेट प्राप्त गर्न सक्नुहुनेछ । लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकहरुले KNP <space> Bill.No <space> Customer Name  टाईप गरी ३४००१ मा एसएमएस गर्नु पर्नेछ ।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार–प्रसार गर्दै आएको छ ।

Share News