साधना लघुवित्तले घोषणा गर्यो २६ प्रतिशत लाभांश, चुक्ता पुँजी ३२ करोड नाघ्ने

<p>काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भदौ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई संस्थाको साधारणसभाले पारित [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव भदौ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई संस्थाको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।

Share News