जीवन बीमा कम्पनीलाई अर्थको राहत, व्याज आम्दानीमा लाग्ने कर ६६ प्रतिशतले घट्यो

<p>काठमाडौं । जीवन बीमा कम्पनीहरुको आम्दानी बढ्ने भएको छ । सरकारले जीवन बीमा कम्पनीहरुको व्याज आम्दानीमा लाग्ने कर ६६ प्रतिशतले घटाइदिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत जीवन बीमा कम्पनीहरुले तिर्नुपर्ने व्याज रकममा ५ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था गरिदिएको छ । यसअघि यस्तो कर १५ प्रतिशत थियो । पहिलाको १५ प्रतिशतबाट व्याज [&hellip;]</p>

काठमाडौं । जीवन बीमा कम्पनीहरुको आम्दानी बढ्ने भएको छ । सरकारले जीवन बीमा कम्पनीहरुको व्याज आम्दानीमा लाग्ने कर ६६ प्रतिशतले घटाइदिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत जीवन बीमा कम्पनीहरुले तिर्नुपर्ने व्याज रकममा ५ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था गरिदिएको छ । यसअघि यस्तो कर १५ प्रतिशत थियो । पहिलाको १५ प्रतिशतबाट व्याज कर ५ प्रतिशतमा झर्दा जीवन बीमा कम्पनीहरुलाई करिब ६६ प्रतिशत व्याजकर जोगिने देखिएको छ ।

सरकारले जीवन बीमा कम्पनीहरुको निक्षेपमा लाग्ने व्याजकर घटाइदिदा कम्पनीहरुको नाफा बृद्धि हुने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।

‘पहिला जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेपमा १५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो, यसपालीको बजेटदेखि यस्तो कर ५ प्रतिशत तिरे हुने व्यवस्था गरिएको छ, यो व्यवस्था जीवन बीमा कम्पनीहरुका लागि धेरै नै राम्रो हो,’ प्रमुख कार्यकारी अधिकृत प्रसाईले विकासन्युजसँग भने ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत आयकर ऐनमा संशोधन गरी नयाँ व्यवस्था गरेको हो ।

‘बासिन्दा बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको व्याजमा पाँच प्रतिशतका दरले कर लाग्नेछ,’ आयकर ऐनको दफा ८८ मा खण्ड १२ थप्दै अर्थ सम्बन्धी विधेयकमा उल्लेख गरिएको छ ।

जीवन बीमा कम्पनीहरुले बीमा प्रिमियम बापत लिएको रकममध्ये ठूलो परिमाणमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राख्ने गरेका छन् । यसैकारण जीवन बीमा कम्पनीहरुको आम्दानी बढ्ने देखिएको हो ।

Share News