संशोधित बजेटलाई सेयर बजारको स्वागत, बजारले बुलिस ट्रेण्ड समातेकै हो ?

<p>काठमाडौं । केही सातादेखि निरन्तर आरोलो यात्रामा रहेकाे सेयर बजार आइतबार भने ७१.४३ अंकले बढेको छ । आतइबार सेयर बजार ७१.४३ अंकले बढेर २९४७.४२ अंकमा पुगेको हो । आज बजार २.४८ प्रतिशतले वृद्धि भएकाे हाे । आज सेयर बजारमा १ करोड ७१ लाख कित्ता सेयर किनबेचबाट कुल ९ अर्ब ४४ करोड ३५ लाख रुपैयाँको कारोबार [&hellip;]</p>

काठमाडौं । केही सातादेखि निरन्तर आरोलो यात्रामा रहेकाे सेयर बजार आइतबार भने ७१.४३ अंकले बढेको छ । आतइबार सेयर बजार ७१.४३ अंकले बढेर २९४७.४२ अंकमा पुगेको हो । आज बजार २.४८ प्रतिशतले वृद्धि भएकाे हाे ।

आज सेयर बजारमा १ करोड ७१ लाख कित्ता सेयर किनबेचबाट कुल ९ अर्ब ४४ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दाम बढी कमाउने कम्पनीहरुमा नेश्नल हाइड्रोपावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, अपी पावर, अरुण काबेली पावर, छ्याङ्दी हाइड्रोपावर, फष्ट माइक्रो फाइनान्स कम्पनी, पाँचथर पावर कम्पनी लगायतका रहेका छन् ।

केही दिनदेखि उच्च रुपमा घट्दै गएको सेयर बजार आज उकालो लाग्दा फेरि बजारले बुलिस ट्रेण्ड समातेको होकि भन्ने आकलन पनि कतिपय लगानीकर्ताले गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले शंसोधित बजेट ल्याएपछिको यो पहिलो दिन हो । सेयर बजारले शंसोधित बजेटलाई स्वागत गरेको बुझ्न सकिन्छ ।

Share News