अरुण कावेली पावरले शेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने

<p>काठमाडाैं । अरुण कावेली पावर लिमिटेडले शेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिबार काठमाडौंमा भएको साधारणसभाले संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजिको १७ प्रतिशतको दरले बोनश शेयर लाभांश दिने निर्णय गरेकाे हो । साथै कम्पनीले शेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ [&hellip;]</p>

काठमाडाैं । अरुण कावेली पावर लिमिटेडले शेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शनिबार काठमाडौंमा भएको साधारणसभाले संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजिको १७ प्रतिशतको दरले बोनश शेयर लाभांश दिने निर्णय गरेकाे हो ।

साथै कम्पनीले शेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ । पाँचथर र ताप्लेजुङको बिच भएर बग्ने कावेली नदीमा २५ मेघावाटको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।

२०७६ कार्तिक २३ बाट व्यापारिक उत्पादन शुरु गरेको अरुण कावेली पावर लिमिटेडले ७०.६७ करोड आम्दानी गरिसकेको छ ।

Share News