राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

<p>काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको ८.५ प्रतिशत आरबिबिएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । साेमबार बैंक र नेप्सेबीच सूचीकरणकाे लागि सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन् । बैंकले ६ वर्ष अवधि भएको [&hellip;]</p>

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको ८.५ प्रतिशत आरबिबिएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ ।

साेमबार बैंक र नेप्सेबीच सूचीकरणकाे लागि सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन् ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र गत जेठ २८ गते देखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

 

Share News