६६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, लुम्बिनीको बोनस सेयर सूचिकृत

<p>काठमाडौं, २९ असार । बुधबार मात्र करिव ६६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । मेघा बैंकको ६१ लाख ५६ हजार ९७३ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब मेघा बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ । त्यसैगरै मेट्रो डेभलपमेन्ट बैंकको [&hellip;]</p>

काठमाडौं, २९ असार । बुधबार मात्र करिव ६६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । मेघा बैंकको ६१ लाख ५६ हजार ९७३ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब मेघा बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ ।

त्यसैगरै मेट्रो डेभलपमेन्ट बैंकको ४ लाख ४२ हजार ७१५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस बैंकको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ ।  यसैबीच लुम्बिनी बैंकको ३० लाख कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचिकृत भएको छ ।

Share News