काठमाडौं, २९ असार । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भूकम्पबाट पूर्ण रुपमा क्षति भएका उपत्यकाको घर सर्भेक्षणका लागि ४ सय ७० इन्जिनियरलाई तालिम दिएको छ । प्राधिकरणले आजदेखि काठमाडौं, भक्तपुर र ललितपुरका घरहरुको सर्भेक्षणका लागि इन्जिनियरलाई तालिम दिन सुरु गरेको छ ।
पुनर्निमाण प्राधिकरणका अनुसार दुई सय इन्जिनियरले ललितपुरमा र बाँकीले काठमाडौंमा तालिम लिएका छन् । सोही प्रयोजनका लागि यस अघि ७० जना इन्जिनियरले तालिम लिइसकेका छन् । तालिम लिएको केही समयपछि नै उनीहरु फिल्डमा खटिने प्राधिकरणले जनाएको छ ।